मालवेयर र भाइरस धेरै नयाँ विषय होइनन् । तर पछिल्ला केही वर्षहरूमा कुनै पनि डिभाइस मालवेयर र भाइरस विहिन छैनन् र यसको आकम्रण दिन प्रदिन बढ्दै पनि गइरहेको छ । विशेषगरी एन्ड्रोइड फोन मालवेयरबाट धेरै संक्रमित हुने गरेको छ ।
एन्ड्रोइड फोनमा विभिन्न थर्ड पार्टी वेबसाइट, एप, फिशिङ इमेल तथा मेसेजहरूबाट मालवेयर इन्स्टल हुने गर्छन् । कहिलेकाही त आफू सावधान हुँदाहुँदै पनि फोन संक्रमित हु्नसक्छ ।
फोनमा मालवेयर भएको कसरी थाहा पाउने ?
१. समय- समयमा एपहरू क्रयास हुनु
फोनमा भएका बग अथवा अन्य विभिन्न कारणले कहिलेकाही एपहरू क्रयास हुनु अर्थात् प्रयोग गर्दागर्दै अड्किनु वा ओपन गरेपछि नचल्नु सामान्य कुरा हो । तर यदि तपाईँको डिभाइसमा यो समस्या बारम्बार आइरहेको छ भने तपाईँ सचेत हुनुपर्छ । विभिन्न मालवेयरको कारण डिभाइसमा एप नचल्ने, ह्याङ हुने तथा प्रयोग गर्दा गर्दै आफै बन्द हुने वा अड्किने समस्या आउछ ।
२. डेटाको खपत बढ्नु
सामान्यतया हामीले मोबाइलमा डेटा प्रयोग गर्दा कति प्रयोग गर्यौ भन्ने कुराको ख्याल गरिरहेका हुदैनौं । तर यदि तपाईँको मोबाइले डेटाको खपत अस्वभाविक रुपमा गरिरहेको छ । सामान्य समय भन्दा धेरै डेटा खपत भइरहेको छ भने तपाईँको डिभाइसमा मालवेयर छ भन्ने संकेत हो ।
३. अनावश्यक मेसेज
यदि तपाईँ अनावश्यक रुपमा नचिनिने नम्बरबाट विभिन्न प्रकारका बुझ्न नसकिने मेसेज, कुनै
लट्री भनेर आउने मेसेज, कुनै लिंक क्लिक गर्नका लागि आग्रह गरिएको मेसेज अथवा असामान्य प्रकृतीको मेसेज प्राप्त गरिरहनु भएको छ भने तपाईँको फोन मालवेयरबाट संक्रमित भएको छ ।
४. ब्याट्रीको खपत बढ्नु
डिभाइसमा मालवेयर भएको पत्ता
लगाउने सबैभन्दा सहज तरिका हो ब्याट्रीको खपत ख्याल गर्नु । मोबाइल
अत्यावश्यक डिभाइस भएका कारण हामी बारम्बार चार्ज कम नहोस् भन्ने कुराको
ख्याल गरिरहन्छौं । यसैले यदि तपाईँको मोबाइलको ब्याट्री खपत अनावश्यक
रुपमा बढिरहेको छ भने तपाईँको मोबाइलमा मालवेयर इन्स्टल भएको हुनसक्छ ।
अन्य विविध कारणले पनि ब्याट्रीको खपत बढ्नसक्छ । तर मोबाइलमा अन्य समस्या
नभएको अवस्थामा पनि ब्याट्री चाँडो सकिने समस्या भइरहेको छ भने यो
मालवेयरको संकेत हो ।